शिक्षक संघ दाङको जिल्ला प्रतिनिधि सभा पर्सि

दाङ ९ माघ

नेपाल शिक्षक संघ दाङको जिल्ला प्रतिनिधि सभा पर्सि शनिवार हुने भएको छ । जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सहितका पदाधिकारी आउन लागेको नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव लक्ष्मी किशोर सुवेदी, महासचिव सोमनाथ गिरी लगायतका शिक्षक नेताहरु दाङमा आउन लागेका हुन ।

यसैविबच संघको आज बिहिवार घोराहीमा सम्पन्न सचिवालय बैठकले प्रतिनिधि सभामा उपस्थितिका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई अनुरोध गरेको छ ।

नेपाल शिक्षक संघका आवद्ध सदस्यहरुले आफ्नो स्थानीय तहको समितिसँग समन्वय गरी कार्यक्रममा उपस्थितिका लागि सचिवालय बैठकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया