कांग्रेस नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच भेट

तुलसीपुरखबर , १ माघ

स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक भेटघाट थालेका छन् । उनले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । सम्भव भएसम्म भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहसँग भेट गर्ने उनका सहयोगीहरु बताउँछन् ।

स्वास्थ्य उपचारका लागि उनी सोमवार भारतको नयाँ दिल्ली पुगेका थिए । पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष सखमेत रहेका सिंहसंग बुधबार नयाँ दिल्लीमा भेट गरेका हुन् ।

भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २०७६ माघ १ गते बुधवार
प्रतिक्रिया