अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दाङ पुष १९ । रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजनामा अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुरका ११ वटा स्कुलहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । माध्यमिक तहका विध्यार्थीहरुलाई रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरणबाट छानिएका ६ वटा स्कुलका विचमा भएको दोस्रो चरणको प्रतियोगितामा गुरुजजुर नमुना मा। वि। प्रथम भएको थियो । सो प्रतियोगितामा तुलसी आवासिय मा। वि। द्धितिय र श्री अमर बोर्डिङ स्कुल तृतीय भएका थिए भने माध्यामिक विद्यालय तुलसीपुर सेन्टर, लिटिल हेभेन ईङ्लीश मिडियम हाईस्कुल र ज्ञान ज्योति मा। वि। सान्त्वना भएका थिए ।

साथै उक्त प्रतियोगितामा हाम्रो पहुच सेकेण्डरी स्कुल, हिमाल एकाडेमी, गोरखा सेकेण्डरी स्कुल, आईडिएल ईङ्लीश बोर्डिङ सेकेण्डरी स्कुल र ग्रेट अरनीको ईङ्लीश सेकेण्डरी स्कुलले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि तुलसी आवासिय माविका प्राचार्य भिष्म बहादुर केसीले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनु भयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देव बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले हाजिरीजवाफ प्रतियोगिता संचालन गर्नुभएको थियो । प्रतियोगितामा बिजयी हुने विध्यार्थीहरुलाई प्रमुख अतिथी लगायत क्लबका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियोे । कार्यक्रमको सहजिकरण सचिब सन्दिपन रिजालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ पुष १९ गते शनिवार
प्रतिक्रिया