काग्रेसले राष्टिय सभा सदस्यको उमेदवार टुङग्यो लगायो

काठमाडौ, १९ पौष ।
नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ । शनिवार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठ स्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुङ्ंग्याएको हो । माघ ९ गते १८ पदका लागि हुने निर्वाचनका लागि काँग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो । बाँकी दुई सिटका लागि काँग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ । काँग्रेसले प्रदेश नम्बर १ मा निरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्यबाट सिफारिस गरेको छ । प्रदेश नं. २ मा नगिना यादव (महोत्तरी) महिला, भोला पन्जियार (धनुषा) अल्पसंख्यक र अपांगता, प्रदेश नं. ३ मा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला सिफारिस गरेको छ । प्रदेश नं. ४ मा सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं. ५ मा बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसंख्यक र अपांगता र प्रदेश नं. ७ मा प्रताप ठगुन्ना (बैतडी) अन्य र तुलसी देवकोटा (कैलाली) महिला सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०७६ पुष १९ गते शनिवार
प्रतिक्रिया