कार्यक्रम गरेर श्रीमणीको सम्झना

तुलसीपुर, ३ पुष
स्वर्गीय श्रीमणि आचार्यको जिवनीबाट पार्टीले धेरै कुरा सीक्नु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । दंगाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा श्रीमणि आर्चायको १२ औं स्मृति दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरिएको कार्यक्रमा बोल्ने बक्ताहरुले समाजको निम्ती छोडेको त्याग र बलिदानलाई नेकपाले भुल्न नहुने बताए ।

श्रीमनी प्रतिष्ठानका अध्यक्ष मेनका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पुर्व केन्द्रिय सल्लाहकार कमिटिका सदस्य शोभाराम बस्नेतले श्रीमणीले पार्टीमा गरेको योगदानको चर्चा समाज रुपान्तरणको लागि उहाको विचार लागु गर्नुपर्ने बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा पनि शोषण र उत्पीडित जनताको लागि सधै अघि बढ्ने नेताका रुपमा बस्नेतले स्मरण गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेता छविलाल ओलीले श्रीमणि सगै विताएका पलहरुको स्मरण गर्दै संकटको बेला योजनाबद्ध ढङ्गले अघि बढ्न सक्ने क्षमतावान ब्यक्तिका रुपमा चित्रण गर्नभयो । सो अवसरमा आचार्यकी धर्मपत्नी एवं तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया आचार्यले अरु प्रति निकै सहयोगी स्वभावको भएका बताउदै पार्टीले उहाँको यतिहास जोगउन पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, प्रदेश सदस्य बिमला वली, रेवतिरमण शर्मा, सरस्वति गौतम, नेकपाका नेता टोपेन्द्र बहादुर खत्री लगाएतले बोलेका थिए । कार्यक्रमको सहजिकरण मनोहर बुढाथोकिले गर्नुभएको थियो । आचार्यको २०६४ साल पुस ३ गते काठमाण्डौंमा उपचारका क्रममा निधन भएको थियो । २०५१ सालको मध्यावधि चुनावमा विजौरीमा भएको गोलिकाण्डको बेला गोली लागेको थियो । राजनितिक लाई समाज सेवाका रुपमा लिने उनले सरकारी जागिर समेत त्याग गरेका थिए ।यसैविच, स्व. आचार्यलाई कसरी सम्झनुहुन्छ भनेर केहि युवा नेताहरुलाई सहकर्मि मिना खड्काले सोेधेकि छिन ।।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया