कांग्रेसको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । बुधबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक दुइ पक्षबीच सहमति हुन नसकेपछि स्थगित भएको हो । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित भएनन्।

एजेन्डामा सहमित नगरीकन बोलाइए आफूहरू बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ। असन्तुष्ट पक्षले आज पनि बैठक बहिष्कार गर्ने संकेत दिएपछि सभापति शेरबहादुर देउवाले पुस ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया