बालबालिकालाई शैक्षिक सामग्री वितरण

मंसिर २७, दाङ
रोटरी क्लब अफ तुलसीपुर सिटि र रतननाथ सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा कक्षा १, २ र ३ मा अध्ययनरत करिव ८० जना बालबालिकाहरुलाई स्कुल ब्याग, स्कुल पोषाक र शैक्षिक सामग्रीको साथै सरसफाई सामाग्री वितरण गरिएको छ । रोटरी नेपाल साक्षरता अभियान अन्तर्गत पश्चिम दाङमा अबस्थित रतननाथ प्रा.बि. पोटलीमा पुगेर ती सामग्री वितरण गरिएको हो ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष देव बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रतननाथ सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष घनश्याम उपाध्यायले रोटरी क्लब जस्तो विश्वमै नाम कमाएको अन्तराष्ट्रिय संस्थासँग साझेदारीमा काम गर्न पाउनु आफु र यो सहकारी संस्थाको लागि गर्वको बिषय भएको बताए ।

कार्यक्रममा बिशिष्ट अतिथी रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व असिष्टेन्ट गभर्नर कुशल तर्तालले रोटरीको आरसिसि भिलेज नजिकै रहेको यो स्कुललाई पनि प्राथमिकतामा राखी यसको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धिको लागि थप कार्यक्रम गर्दै जाने बताए  । कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुर सिटिका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले बालबालिकाहरुलाई स्कुल जाने बेला हौसला र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यस्तो सामग्री वितरण गरेको बताए । रतननाथ सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष राज कुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक टिका शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन । रोटरी क्लब अफ तुलसीपुर सिटिका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र कोषाध्यक्ष देवेन्द्र केसीको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन क्लबका सचिब सन्दिपन रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया