विद्यालयमा दुव्र्यसन विरुद्ध कार्यक्रम सम्पन्न

शरद रेग्मी

तुलसिपुर,मसिर २५ / मानव अधिकार तथा शान्ति समाजको मंसिर २७ र २८ गते दाङमा हुने २२ औँ राष्ट्रिय परिषद बैठकको पृष्ठभूमीमा दाङका १० वटा विद्यालयहरुमा लागू औषध/मदिरा दुव्र्यसन विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दाङका मा.वि.बालापुर, जनप्रिय बोर्डिङ स्कुल, शान्तिदिप बोर्डिङ स्कुल, हिमाल एकेडेमी कलेज, डिभाइन टेम्पल एकेडेमी, लिटल हेभेन एकेडेमी बोर्डिङ स्कुलमा कार्यक्रम भएको हो ।

त्यस्तै गोरखा बोर्डिङ स्कुल, पब्लिक ज्ञानज्योति कलेज, राप्ति बबई बहुमुखी क्याम्पस र महेन्द्र मा.वि मा मंसिर २३, २४ र २५ मा सम्पन्न अन्तरक्र्रिया कार्यक्रममा शान्ति समाजका महासचिव सुशिल बस्नेत, मूल तयारी समितिका संयोजक शरद रेग्मीले प्रशिक्षण दिएका थिए  । कार्यक्रममा पूर्व सभापतिहरु डील्लीराज धिताल, मोहन धिताल, निर्मल नेपाली र सदस्यहरु नीर्मला डाँगी, नवीन पोख्रेल, कमल डाँगी लगायतका अधिकारकर्मीहरुले लागू औषध/मदिरा दुव्र्यसन रोकथामका लागी समुदाय केन्द्रित विद्यालय केन्द्रित भूमिका र अभिभावकिय भूमिकाबारे चर्चा गर्नुभएको थियो । स्मरणीय छ शान्ति समाजले लागू औषध/मदिरा दुव्र्यसन विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया