
सुभाष साह
काठमाडौं, २४ मंसिर / सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्य्दिशा तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्य्दिशा परिवर्तन गर्ने निर्णय गरेको हो । यो प्रस्ताव स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीले पारित गरेपछि लागू हुनेछ ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणपश्चात् बनेको नेकपाको पार्टी कार्य्दिशा विषयमा बहस हँुदै आएको थियो । यसअघि नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेनिनवाद र कार्य्दिशाः समाजवाद उन्मुख जनताको जनवाद राखिएको थियो । मार्गदर्शक सिद्धान्त पुरानै राखी कार्य्दिशा मात्रै परिवर्तन गर्ने निर्णय गरिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले पार्टीको कार्य्दिशा र उपाध्यक्ष पद थप्ने गरी पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको बताउँदै सो प्रस्तावमा स्थायी कमिटी बैठकमा थप छलफल गरिने बताए ।
तत्कालीन एमालेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज) लाई कार्य्दिशा बनाएको थियो भने तत्कालीन माओवादी केन्द्रले २१औं शताब्दीको जनवादलाई आफ्नो कार्य्दिशा बनाएको थियो । दुवैका विचारलाई समायोजन गरेर यसअघि एकीकृत नेकपाले आफ्नो कार्य्दिशा समाजवाद उन्मुख जनताको जनवाद बनाएको थियो । त्यसको साटो अब पार्टीको कार्य्दिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्नेगरी तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसअघिको सचिवालय बैठकले पार्टीको उपाध्यक्षमा वामदेव गौतमलाई राख्ने निर्णयलाई वैधानिकत्ता दिनका लागि पार्टी विधानमा संशोधन गर्न लागिएको छ ।
नेकपाको अन्तरिम विधानमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहेको छ । यसमा संशोधन गर्दै एक उपाध्यक्ष थप्ने गरी विधान संशोधन गर्न लागिएको हो ।
२९ मंसिरमा स्थायी कमिटी बैठक
नेकपाले यही २९ मंसिरमा स्थायी कमिटी बैठक बोलाएको छ । नेकपाको स्थायी कमिटी बैठक बसेको एक वर्षपछि मात्रै पुनः स्थायी कमिटी बस्न लागेको हो । पार्टीको अन्तरिम विधानमा भएको व्यवस्थाअनुसार प्रत्येक तीन महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने हुन्छ
पार्टी्भित्र स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउँन नेताले माग गर्दै आएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने माग पार्टी्भित्रै उठ्दै आएको भए पनि अन्तरिम विधानअनुसार पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्न सकेको थिएन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । प्रवक्ता श्रेष्ठले आगामी २९ र ३० मंसिरमा स्थायी कमिटी बैठक बोलाउँने निर्णय भएको जानकारी दिए ।
यसैगरी, बैठकले पार्टीको विभाग तथा आयोगलाई पूर्णता दिने विषयमा सात दिनभित्रमा प्रस्ताव पेस गर्न निर्देशन दिएको छ । विभाग र आयोगका प्रमुख तथा उपप्रमुखलाई सात दिनभित्रमा प्रस्ताव पेस गर्न समय दिइएको प्रवक्ता श्रेष्ठले बताए ।
१४ मंसिरमा सम्पन्न उपनिर्वाचनको समीक्षा प्रतिवेदन बुझाउँन बैठकले पाँच दिनको म्याद थप्ने निर्णय गरेको छ । यसअघि दाहालकै अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिवेदन बुझाउँन निर्देशन दिए पनि केही जिल्लाबाट आउँन अझै बाँकी नै रहेकाले पाँच दिन म्याद थप्ने निर्णय भएको हो ।
नेकपा स्थायी कमिटी बैठक बस्नु अघि पुनः सचिवालय बैठक अगामी शुक्रबार बस्ने निर्णय बैठकले गरेको छ । स्थायी कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डाको विषयमा सचिवालयमा छलफल हुने बताइएको छ ।
यसैगरी, बैठकले विधान संशोधन गर्ने निर्णय गरेको छ । पार्टीको विधान संशोधन गर्ने विषयमा अगामी स्थायी कमिटी बैठकमा समेत छलफल गरिने प्रवक्ता श्रेष्ठले बताए ।
अध्यक्षद्वय ओली र दाहाल सक्रिय
सत्तारूढ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै जना सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक राखी विभिन्न महŒवपूर्ण निर्णय गरेका छन् । बैठकमा उनले आफू अब स्वस्थ्य भएकाले दु्रत गतिमा काम गर्ने र सबै मन्त्रीले पनि
सोही गतिमा काम गर्नुपर्ने बताए ।
उनी केही दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीको सक्रियता बढेको हो । गत ४ मंसिरमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्णरूपमा सरकार र अर्का अध्यक्ष दाहालले पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसयता दुवै अध्यक्ष आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएका हुन् ।
नेकपा स्थायी कमिटीका सदस्य गणेश शाहले अध्यक्षद्वय ओली र दाहाल दुवै सक्रिय भएपछि सरकार र पार्टीको कामले गति लिने विश्वास व्यक्त गरे । लामो समय देखिको अवरोध एवं ढिलासुस्ती अब बिस्तारै हट्दै गएको बताउँदै उनले अध्यक्षद्वयको सक्रियताले मुलुक, जनताका साथै पार्टीलाई समेत ऊर्जा थपेको बताए ।
पार्टी सचिवालय बैठकको निर्णयअनुसार सोमबार नै प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाए भने उता अध्यक्ष दाहालले सचिवालय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाए ।