भारतमा विवाहमा दुई किलो प्याज उपहार

एजेन्सी
भारतमा विवाहमा प्याज उपहार दिएको कुराले खुबै चर्चा पाएको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप साढे दुई किलो प्याज दिइएको थियो । नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताए । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो छ । यो उपहार उनका साथी जी. चेतनसमेत ६ साथीले दिएका हुन् । आफूहरुले साढे दुई किलो प्याज पाँचसय भारुमा खरिद गरेको चेतनले बताए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया