तुलसीपुर, १७ मंसिर
नेपाली कांग्रेसका कृयासील सदस्य डिल्लीराज खरेल पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको बताएका छन् । विगत लामो समयदेखि नेपाली कांग्रेसको कृयाशिल सदस्यमको रुपमा रही काम गर्दै आए पनि यो पार्टीबाट देश र जनताको मुक्ति नहुने देखेर कम्युनष्टि पार्टीको समृद्ध यात्रामा सहभागी भएको खेरलद्धारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।
‘ कांग्रेस पार्टीबाट कुनै परिवर्तन हुने देखिन,’ खरेल द्धारा जारी विज्ञप्तीम भनिएको छ–‘ आजैका मितिदेखि कम्युनष्टि पार्टीको समृद्ध यात्रामा रहने अठोट गर्दै नेकपामा नै रहने प्रतिवद्धता गर्दछु । ’
प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार


















