कांग्रेसलाई जिताउनुस दाङ राजधानी हुन्छ : देउवा

तुलसीपुर, ९ मंसिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बिजयी गराएमा दाङलाई राजधानी बनाउने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिती क्षेत्र नं ३(ख) ले श्रीगाउँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।
आफुले केहि समयका लागि मात्रै बुटवलमा अस्थायी राजधानी बनाएको भन्दै सभापति देउवाले दाङलाई राजधानी बनाउनका लागि कांग्रेसलाई बिजयी बनाउन आग्रह गर्नुभयो । ‘मैले हाललाई मात्रै भनेर बुटवलमा लगेको हुँ । सधैका लागि होइन,’ देउवाले भन्नुभयो,’ यदि दाङलाई राजधानी बनाउने हो भने कम्युनिष्टलाई हराउनुस ।’
सभापति देउवा प्रधानमन्त्री भएको समयमा बुटवलमा अस्थायी राजधानी तोकीएको थियो । त्यसैगरी कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले अघि सारेको वृद्धभत्ता कुनै ठूलो कुरा नभएको बताउनुभयो । एक सय रुपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई बढाएर ठूलो काम गरेको भनेर कम्युनष्टि सरकारले धक्कु लगाउने गरेको बताउदै पौडेलले आफुहरुले नेपाली जनतलाई २० बर्ष आयु थपिदिएको बताउनुभयो । ‘ वृद्धवृद्धालाई भत्ता दिएका छौ भनेर धक्कु लगाउछन,’ पौडेलले भन्नुभयो– ‘म भन्छु वृद्धभत्ता ठूलो कि ५१ बर्ष आयु भएका नेपालीको आयु अहिले ७०/७१ बर्ष पुगेर २० बर्ष आयु बढ्नु ठूलो ?’ नेपाली कांग्रेसले गरेको विकास कारण नेपालीको जिवनस्थर आयु बेढेको पौडेलले दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नेताहरु सशांक कोइराला, कृष्ण प्रसाद सिटौला, डा. रामशरण महत, प्रकाश शरण महत, बालकृष्ण खाँड, मोहन बहादुर बस्नेत, दिपक गिरी, उमेदवार केशव आचार्य लगाएतले बोलको थिए । निर्वाचन प्रचार प्रसार समितिका संयोजक खिमबहादु वलीको अध्यक्षताम भएको कार्यक्रमको संचालन कांग्रेस जिल्ला सचिव शंकार डाँगीले गर्नुभएको थियो ।

 

 

 

 

कांग्रेसलाई जिताउनुस दाङ राजधनी हुन्छ ः कांग्रेस सभापति देउवा
ओपेन्द्र बस्नेत
तुलसीपुर, ९ मंसिर ÷ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बिजयी गराएमा दाङलाई राजधानी बनाउने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिती क्षेत्र नं ३(ख) ले श्रीगाउँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।
आफुले केहि समयका लागि मात्रै बुटवलमा अस्थायी राजधानी बनाएको भन्दै सभापति देउवाले दाङलाई राजधानी बनाउनका लागि कांग्रेसलाई बिजयी बनाउन आग्रह गर्नुभयो । ‘मैले हाललाई मात्रै भनेर बुटवलमा लगेको हुँ । सधैका लागि होइन,’ देउवाले भन्नुभयो,’ यदि दाङलाई राजधानी बनाउने हो भने कम्युनिष्टलाई हराउनुस ।’
सभापति देउवा प्रधानमन्त्री भएको समयमा बुटवलमा अस्थायी राजधानी तोकीएको थियो । त्यसैगरी कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले अघि सारेको वृद्धभत्ता कुनै ठूलो कुरा नभएको बताउनुभयो । एक सय रुपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई बढाएर ठूलो काम गरेको भनेर कम्युनष्टि सरकारले धक्कु लगाउने गरेको बताउदै पौडेलले आफुहरुले नेपाली जनतलाई २० बर्ष आयु थपिदिएको बताउनुभयो । ‘ वृद्धवृद्धालाई भत्ता दिएका छौ भनेर धक्कु लगाउछन,’ पौडेलले भन्नुभयो– ‘म भन्छु वृद्धभत्ता ठूलो कि ५१ बर्ष आयु भएका नेपालीको आयु अहिले ७०÷७१ बर्ष पुगेर २० बर्ष आयु बढ्नु ठूलो ?’ नेपाली कांग्रेसले गरेको विकास कारण नेपालीको जिवनस्थर आयु बेढेको पौडेलले दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नेताहरु सशांक कोइराला, कृष्ण प्रसाद सिटौला, डा. रामशरण महत, प्रकाश शरण महत, बालकृष्ण खाँड, मोहन बहादुर बस्नेत, दिपक गिरी, उमेदवार केशव आचार्य लगाएतले बोलको थिए । निर्वाचन प्रचार प्रसार समितिका संयोजक खिमबहादु वलीको अध्यक्षताम भएको कार्यक्रमको संचालन कांग्रेस जिल्ला सचिव शंकार डाँगीले गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया