तुलसीपुर, ९ मंसीर । नेपाली काग्रेंसका सभापति सेर बहादुर देउवाले पार्टीमा सवैलाई मिलाएर लगेको बताएका छन् ।नेपाली काग्रेँसले पश्चिम दाङको श्रीगाउँमा आयोजना गरेको चुनावी सभालाई सोमवार सम्वोधन गदै उनले यस्तो बताएका हुन् । उनले महिला, आदीबासी, जनजाती लगाएत सवै समुदायलाई समावेशी ढङगले समेटेको बताएका छन् । निर्वाचनमा हार व्यहोरे पनि पार्टी विशाल पार्टीको भएको उनको दावी थियो । अर्को प्रसङगमा बोल्दै पुर्वप्रधानमन्त्री समेत देउवाले काग्रेस जति विकास कम्युनिष्ट सरकारले नगरेको बताएका छन् ।उनले कम्युनिष्टले धेरै विकास गरेको छ भनेर भ्रम फैलाईएको बताउदै सडक, पुल जस्ता विकास निर्माणका काम आफनो सरकारले गरेको दावी गरेका छन् । चुनावी सभालाई सम्वोधन गदै उनले राजधानीको कुरालाई पनि उठाएका छन् । तत्कालिन अवस्थामा आफु नेतृत्व सरकारले अस्थायी राजधानी बुटवल तोके पनि अहिलेको कम्युनिष्ट सरकारले दाङ राजधानी बनाउन नसकेको बताएका छन् । सोह सभालाई सम्वोधन गदै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले बहुमतको बलमा दुरुपयोग गरेको आरोप लगाएका छन् ।
पार्टी भित्र सवैलाई समेटेका छौ : सभापति देउवा
प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया