विपिलाई भुल्ने नेता काग्रेँस बन्न सक्दैन : धिताल

तुलसीपुर, ८ मंसीर । दाङ यतिवेला चुनावमय बनेको छ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी आगामी मंसीर १४ गते उपनिर्वाचन हुन लागेको छ । प्रदेश सांसद स्व. उत्तरकुमार ओलीको सवारी दुर्घटनामा परि निधन भएपछि उक्त पदका लागी उपनिर्वाचन हुदैछ । उक्त क्षेत्रमा १२ राजनितिक दल र दुई स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सवै उम्मेदवारले आ.आफनो पक्षमा भोट माग्दै जित्ने दावीका साथ आफनो एजेण्डा लिएर मतादाता सामु पुगेका छन् ।
यसै क्रममा नेपाली काग्रेंस विपिले पनि आफनो चुनावी अभियानलाई जारी राखेको चुनाव प्रसार प्रसार समितिले जनाएको छ । पार्टीको तर्फबाट उम्मेदवार बनेका दिपक धितालको पक्षमा भोट माग्नका लागी घरदैलो, चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको बताईएको छ । यसै सन्दर्भमा रहेर सहकर्मी लक्ष्मण विश्वकर्माले उम्मेदवार दिपक धिताल संग कुराकानी गरेका छन् ।- (सम्पादक)

१. स्वागत यहाँलाई ?
धन्यवाद ।
२.प्रदेश सभा सदस्य पदका लागी तपाईले पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको छ ? तपाईको उम्मेदवारी केका लागी हो ?
मेरो उम्मेदवारी किन र केका लागी हो भन्ने तपाईको जिज्ञासामा मैले भन्नुपर्दा बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाउनु हुन्थ्यो । कागं्रेसको राजनीतिमा बिपीको चरित्र अवलम्बन गदै मैले मेरो पार्टीको तर्फबाट उम्मेदवारी दिएको हुंँ । अहिले देशमा हेर्नुहुन्छ भने अस्तव्यस्त, भष्ट्राचार, हत्या, हिंसा,बलात्कारी, ढिला सुस्ती जस्ता तमाम गतिविधिहरु भईरहेका छन् । जसले गर्दा आम जनता यसको मारमा परेका छन् । यस्ता गलत गतिविधिलाई रोक्नका लागी पनि मेरो उम्मेदवारी हो । त्यस्तैगरी जनताको चाहाना र आबश्यकतालाई अहिलेको सरकारले पुरा गर्न नसकेको भन्दै देश र जनताको समृद्धिको लागी पनि मेरो उम्मेदवारी हो ।
यस्तै गरिव दुखी, विपन्न सर्वसाधरण नागरिक, अन्याय ,पिडित,उत्पिडन, महिला, दलित बालबालिका लगाएतका लक्षित बर्गले अझै उचित न्याय र हकअधिकार पाउन नसकेको हुदा उनीहरुको न्यायका लागी मैले मेरो पार्टीको तर्फबाट उम्मेदवारी दिएको छ ।
२. तपाईको पार्टीको बारेमा सवै नागरिकलाई थाहा छत ? कसरी बुझाउनु हुन्छ ।
नेपालमा नेपाली काँग्रेस पार्टीको स्थापना भएको एउटा लामो ईतिहास छ । पार्टीको स्थापना हुदै गर्दा विश्वेश्वर प्रसाद कोईरालाको विचार सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लगाएतका विपीका विचारहरुलाई आधार मानेर नेपाली काग्रेस यहासम्म आईपुगेको हो ।
तर पछिल्नो समयमा नेपाली काग्रेसले विपिको सिद्धान्त ,विचार र चिन्तन गर्न छाडेपछि हामी विपिको सिद्धान्तलाई आत्मसाथ गर्ने काग्रेसहरुले अर्को पार्टी स्थापना गर्न बाध्य भएका हऔँ । यसमा हामी कसैको कुनै स्वार्थ होईन कि विपिको विचार जुन जनता र राष्टियताको पक्ष थियो त्यसैका कारण हामीले विपिको विचारलाई पछयाएर अहिले छुट्टै अर्को पार्टीको स्थापना गरेका छौ ।
३.नेपाली काग्रेंस विपि र नेपाली काग्रेंस भनेर कसरी छुट्याउने ?
अव यस्तो छ हाम्रो पाटी नेपाली काग्रेस विपि भनेर नामाकरण गरी २०७४ साल असार २८ गते निर्वाचन आयोगमा दर्ता गरेका छौ । साथै सोहि वर्षको मंसीर २ गते विधिवत रुपमा पाटीको घोषणा समेत गरेका छौ । यसमा हामी विपिको विचार र आस्था राख्नेहरु आबद्ध भएका छौ । त्यसकारण हामीले आम नागरिकलाई आफनो पार्टीको बारेमा जानकारी दिने र बुझाउने गरी गतिविधि सन्चालन गरीरहेका छौ । साथै नेपालीको काग्रेसको चुनाव चिन्ह रुख हो भने हाम्रो पार्टीको चुनाव चिन्ह कुरुवा रहेको छ । यस कारण पनि पार्टीलाई छुट्याउन सकिन्छ । त्यस्तैगरी नेपाली काग्रेंस विपिको झण्डामा गोलो आकार भित्र चार वटा तारा रहेको छ भने नेपाली काग्रेसको झण्डामा चार वटा तारा रहेको छ ।
४. चुनावी गतिविधिलाई कसरी अगाडी बढाउनु भएको छ ।
चुनावी कार्यक्रमलाई व्यवस्थित व्यापक बनाउनका लागी हामीले ५१ सदस्यिय चुनावी प्रसारप्रसार समिति गठन गरेका छौ । उक्त समिति मार्फत विभिन्न स्थानमा चुनावी प्रचार, घरदैलो, मतदाता संग भेटघाट, चुनावी सभा जस्ता कार्यक्रमहरु गरिराखेका छौ ।
५.तपाईले चुनाव जित्ने आधार के छन् ?
हाम्रो पार्टी जनता र देश विकास प्रति समर्पित भएको पार्टी हो । हामीले कुरा भन्दा पनि काम गरेर देखाउनका लागी जनता माँझ आएका छौ । विकास गरेर मात्रै देशको समृद्धि हुदैन । विकास निर्माणका आयोजनाहरु विस्तारै हुने कुरा भएकाले देशमा अहिले शान्ती र शुसासनको खाँचो छ । जनतालाई शान्ती र शुसासन चाहिएको छ ।
देशमा महंगी, भ्रष्टाचार, हिंसा ,बलात्कार जस्ता गतिविधिहरु भईरहेका छन् । पहुँचवालाको हालीमुहाली रहेको छ । त्यसकारण सर्वसाधरण जनताको पक्षमा, पिछडीएका वर्गको न्याय, शुसासनका कुरालाई हामीले जोडदारका साथ उठाएका छौ ।मैले लामो समय देखी सामाजिक क्षेत्रमा काम गदै आएको छु । जसले गर्दा पार्टीले मलाई विश्वास गरेर उमेदवार बनाएको छ ।त्यसैले जनताले मलाई भोट दिएर जिताउनु हुनेछ भन्ने मैले र मेरो पार्टीले विश्वास गरेका छौ ।
६.काग्रेस हुदाँहुदै विपि काग्रेस किन ?
नेपाली काग्रेस विपिले बनाएको बाटोमा हिडेको पार्टीले विपिले समाजबादको परिकल्पना गरेर निर्माण गरेको पाटीलाई स्वार्थमा लिप्त भएका अहिलेका काग्रेसहरुले बदनाम बनाए । काग्रेसले विपिको समाजबादलाई अवलम्वन गर्न सकेन भने त्यो काग्रेस हुनै सक्दैन ।काग्रेसका कयौँ नेता भ्रष्टाचारमा लिप्त भएका छन् । विभिन्न आरोपमा बदनाम भएका छन् । त्यो मात्रै होईन काग्रेसमा अहिले पनि ठुला नेताका निकट भएकाले मात्रै अवसर पाएका छन् ।
जसले ईमानदारितापुर्वक काम गरेको छ त्यो काग्रेसमा सधै पछाडी परेको छ । विपिलाई भुल्ने काग्रेस पनि कसरी काग्रेँस बन्न सक्छ ? यस्तै खराव नेताले नेतृत्व गरेर पार्टीलाई बदनाम गरेको हुदा नै अहिले हामीले विपि काग्रेँसको स्थापना गर्नुपरेको हो ।
अन्तमा के केहि भन्नु छ ?
सर्वप्रथम त मेरो विचार राख्न दिएकोमा तपाईको मिडिया तुलसीपुर खवरडटकम र तपाईलाई धन्यावाद दिन चाहान्छु । अन्तमा चुनावको समयमा जनतालाई विभिन्न आश्वासन देखाएर भोट माग्ने गरिन्छ । तर मैले जनता सामु अनाबश्यक आश्वासन दिएको छैन ।
आज जुन कुरा बोलेको छु ,म निर्वाचित भएमा त्यहि कुरालाई भोली पुरा गरेर देखाउने छु । त्यसकारण जनताले सहि मुल्याङकन गरी मेरो चुनाव चिन्ह करुवामा मतदान गरी मलाई जिताउनु हुनेछ भन्ने विश्वास व्यक्त गदै भोट दिन सम्पुर्ण मतदातालाई अपिल गर्न चाहान्छु ।

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया