पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का :अध्यक्ष प्रचण्ड

बाग्लुङ , मंसिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको बताएका छन् । बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई आज दिउँसो सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं । एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं ।’ अध्यक्षले पार्टीमा अब कुनै पनि भ्रम नभएको र अब बाटो सफा भएको धारणा राखे ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया