नेकपाकै नेतृत्वबाट विकास र समृद्धि सम्भव छ : ज्ञवाली

तुलसीपुर, ७ मंसीर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष युवराज ज्ञवालीले नेकपाकै नेतृत्वबाट देश विकास र समृद्धि सम्भव भएको बताएका छन । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा हुने उपनिर्वाचनलाई मध्येनजर गदै नेकपा नम्बर १ र २ ले शनिवार भ्युडरसुनपुरमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गदै यस्तो बताएका हुन् । देशमा धेरैपटक कांग्रेसले नेतृत्व गरेपनि देश विकास हुन नसकेको भन्दै उनले नेकपाको सरकारले अहिले धेरै ठाउँमा सडकबाटो, खानेपानी, विद्युत, स्वास्थय शिक्षा लगाएत जनताका आधारभुत आबश्यकतालाई परिपुर्ति गर्ने गरी काम गरीरहेको उनको भनाई छ ।
जनताले कम्युनिष्ट पार्टिलाई विश्वास गरेर जिताएको बताउदै उनले जनअपेक्षा अनुसार सरकारले काम गरीरहेको दावी गरेका छन् । साथै उनले पश्चिम दाङको विकासका लागि नेकपाको आबश्यक परेको हुदा पार्टीको तर्फबाट उम्मेदवार बनेकी बिमला कुमारी खत्री वलीलाई मत दिएर जिताउन आग्रह समेत गरेका थिए ।

प्रदेश सभा सदस्य स्व.उत्तर कुमार वलीले पश्चिम दाङको विकासको खाका तयार पारेको हुदा उनकी धर्मपत्नी विमलाबाट यसको सम्भव भएको बताउदै बिमलालाई भोट दिन मतदातालाई अपिल गरेका थिए । नेकपा तुलसीपुर १ का ईन्चार्ज मेघराज भुसालको अध्यक्षतामा भएको सभालाई पुर्व सभामुख ओनसरी घर्ति, नेकपा प्रदेश ५ कमिटि सचिव जग प्रसाद शर्मा , संघिय सांसद हिरा चन्द्र केसी, राष्टिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे लगाएतले सम्वोधन गरेका थिए ।कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुर २ का ईन्चार्ज कृष्ण भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया