क्रान्तिकारी माओवादीद्धारा हापुरेमा चुनाव बहिष्कार सभा हुदै

तुलसीपुर, ६ मंसीर । नेपाल कम्युनिष्ट पाटी (क्रान्तीकारी माओवादी) प्रदेश नम्वर ५ को आयोजनामा शुक्रवार पश्चिम दाङको हापुरेमा उपनिर्वाचन बहिष्कार आम सभा हुने भएको छ । राष्टिय, जनतन्त्र, जनजिविकाको पक्षमा उभिदै हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमी अतिक्रमण गरेको विषयमा विरोध गदै आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्न आह्वान सहित खुल्ला आम सभा गर्न लागीएको आयोजकले बताएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका सचिव ईश्वरी प्रसाद गैरेले दिएको जानकारी अनुसार दिउँसो १२ बजे कार्यक्रम हुने भएको हो । उक्त सभालाई सम्वोधन गर्न पाटीका प्रदेश पाँच कमिटिका सचिव प्रेम सुवेदी हापुरे आउन लागेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया