तुलसीपुर, ४ मंसीर । नेपाल कम्युनिष्ट पार्टी नेकपा तुलसीपुर ३ वडा कमिटिले उपनिवार्चनमा नेकपाको चुनावी अभियानलाई सहयोग गर्ने भएको छ ।वडा कमिटिको बुधवार राणागाउँमा सम्पन्न भएको दोस्रो पुर्ण वैठकले दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा नेकपाबाट उम्मेदवार बनेकी बिमला कुमारी खत्री वलीलाई जिताउनका लागी यहि ८ र ९ गते सम्वन्धित निर्वाचन क्षेत्रमा पुगेर सहयोग गर्ने निर्णय गरेको छ ।
वडा कमिटिका अध्यक्ष लिलाधर खरेलको अध्यक्षता एवं तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले नेकपाको पक्षमा भोट माग्दै चुनाव प्रचारप्रसार अभियानलाई सहयोग गर्नका लागी त्यहा जाने निर्णय गरेको वडा कमिटिका सचिव चेतमान सेजुवालले जानकारी दिएका छन् ।बैठकमा नेकपा जिल्ला कमिटि सदस्य विजय विक र पार्टीको जिल्ला सचिवालय सदस्य कलिभान रोका लगाएतले बोलेका थिए ।नगर कमिटि सदस्य जंग बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव सेजुवालले गरेका थिए । साथै बैठकले उक्त दिन चुनावी अभियानमा सहभागी हुन सवै नेताकार्यकर्ता र शुभेच्छुक सवैलाई आग्रह समेत गरेको छ ।