प्रेमबहादुर राम्जा
दाङ, ३ मंसिर । बबई गाउँपालिका १ गंगटेका गौरी पुनले गंगटेमा भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनाबी सभामा स्वर्गीय प्रदेश सांसद उत्तरकुमार वलीकी जहान खोई भन्दै आउनुभयो । नेकपाका नेताहरुका साथमा गंगटे पुग्नुभएकी उत्तरकी धर्मपत्नी बिमला वलीलाई भेट्न गौरी चुनाबीसभा पुग्नुभएको हो ।
मंसिर १४ गते हुने उपनिर्बाचनका लागि उम्मेदवार बन्नुभएकी बिमलालाई गएको शनिबार पुनले गंगटेमै भएको चुनाबीसभामा देख्ने र भेट्ने अबसर प्राप्त गर्नुभयो । वलीलाई भेट्न पुनले सयपत्रीको माला लिएर आउनुभएको थियो । चुनाबीसभामा बिमला वलीलाई चिनाएपछि मञ्चमा गएर अलमलमा नपरीकन पुनले माला लगाएर स्वागत गर्नुभयो ।
पुनले नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएकी वलीलाई महिला भएर कसैले प्रश्न नउठाउन पनि आग्रह गर्नुभयो । महिलाले देश हाकी सके तपाई प्रदेश सांसद भएर काम गर्न सक्नुहुन्छ म जस्ता महिलाको साथ यस पटक छ ।
त्यसैगरी बबई गाउँपालिका १ सिमलकुनाका टेकराज बुढाले उत्तरकुी जहानसंगै शुक्रबार र शनिबार चुनाबी अभियानमा साथ दिनुभयो । महिलाहरु सक्षम रहेको भन्दै टेकराज बुढाले यसपटक एक मात्र महिला उम्मेदवारलाई सहयोग गर्ने बाचासहित दुई दिन बबईका बिकट बस्तीमा संगै प्रचारमा जुट्नुभएको हो ।
बिमला वलीलाई गौरी र टेकराजले राजनीतिमा पहिलो पटक देख्ने अबसर प्राप्त गर्नुभएको हो । ठूला दलहरुले यसरी महिलालाई बिश्वास गरेको पहिलो पटक थाहा पाएको भन्दै गौरी र टेकराजले बलियो उम्मेदवार बिमला नै भएको बताउनुभयो ।
स्थानीय कार्यकर्ता र जनताको साथ पाउनुभएकी वलीले चुनाब जित्ने पक्का भएको प्रतिक्रिया दिनुभयो । बिमलालाई अहिले मतदाताको घरमा पुग्न भ्याई नभ्याई छ । बिमलालाई यस्ता मतदाताले झन उत्साहित बनाएका छन् ।
दंगीशरणको सरुवाडाँडाबाट निर्बाचनको प्रचार सुरु गर्नुभएकी बिमला वलीले अहिले प्रचारलाई अन्तिम चरणमा पु¥याउनुभएको छ । श्रीमानको निधन भएको एक बर्ष पूरा नहुदै श्रीमान्को सपना पुरा गर्न निर्बाचनमा होमिनुभएकी वलीलाई स्थानीय जनतादेखि नेतासम्मको साथ र सहयोग रहेको छ ।
उत्तरकुमार वलीको राजनीतिलाई सफलताको शिखरमा पु¥याउन सहयोग गर्नुभएकी बिमला वली जनताको सहयोग माग्दै बस्तीबस्तीमा पुग्नुभएको छ । श्रीमान्को राजनीतिलाई सफल बनाउनुभएकी बिमला अहिले श्रीमानका अधुरा सपना पुरा गर्ने नारा लिएर बस्तीमा पुग्नुभएको छ ।
श्रीमान्लाई राजनितीको उचाईमा पु¥याउन सफल रहे पनि बिमला आफ्नै राजनीतिक पाइला सार्न मतदातासंग भबिष्यको खोजी गर्दै बस्तीमा पुग्नुभएको छ । निकै चासोका रुपमा हेरिएको निर्बाचनलाई सत्तासिन र प्रतिपक्ष दलका नेताहरुले पनि महत्वका साथ उम्मेदवार जिताउने कसरत गरीरहेका छन् ।
बलियो उम्मेदवारका रुपमा हेरिएकी बिमला वलीले पनि पार्टीले गरेको बिश्वासलाई आत्मसाथ गर्दै मतदाताको बीचमा गएको र जिताएर पठाएरमा श्रीमान्ले देखेका सपनलाई पूरा गर्ने प्रतिबद्धता मतदाताका बीचमा राख्दै आउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएकी बिमलालाई निर्बाचन जिताउने जिम्मा मतदाताको हातमा छ । चुनाब जिताउन जिम्मेवारी बोकेका गौरी जस्ता मतदाताले बस्ती बस्तीमा भनिरहेका छन् उत्तरकी जहान खोई ?