कांग्रेस नेता शंकरको सार्वजनिक रुपमा आलोचना

तुलसीपुर ३ मंसीर 

नेपाली काग्रेसका नेता शंकर डाँगीले जनतालाई झल्लो र उमेदवारलाई सेतो पहिरनमा हिड्ने अबला नारी भन्दै सार्वजनिक रुपमा अपमानजक शब्द प्रयोग गरेपछि उनको अहिले आलोचना हुन थालेको छ ।दाङको हापुरेमा केहि दिन अघि आयोजना गरेको कांग्रेसको चुनावी सभालाई सम्वोधन गदै डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई भोट दिने मान्छे संसारकै झल्लो भएको बताउदै उमेदवार बिमला वलीलाई सेता लुगा लगाएर आउँदैमा एकल महिलाले भोट नपाउने बताएका थिए । कांग्रेस भित्र प्रखर वक्ताका रुपमा चिनिएका पार्टीका दाङ सचिव समेत रहेका डाँगीको यस्तो अभिव्यक्तिले मत आफनो पक्षमा पार्ने भन्दा पनि बिगार्ने काममा लागेको भन्दै उनको टिप्पणी सुरु हुन थालेको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस ।


यो बिषयमा के भन्छन ? गेहेन्द्र गिरी

यता नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले त्यस्तो शब्द प्रयोग गर्नु उचित नभएको बताएका छन् । ‘हाम्रो धर्म, संसकृति र परम्परा अनुसार एकल महिलाले सेतो कपडा लगाउने चलन छ,’ नेता गिरीेले भने – ‘ संकृति र भावनामा ठेस पुग्नेगरी डाँगीले त्यस्तो कुरा नबोलेको भए राम्रो हुनेथियो ।’ पूर्व सांसद समेत रहेका गिरीले यो विषयमा डांगीलाई कुरा गरेर सच्याउन आग्रह गर्ने समेत बताए ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया