शरद रेग्मी,
हापुरे, १ ,मसिर /केशब आचार्यको संघर्श र शालिनताका कारण जित शुनिश्चित रहेको नेपाली कांग्रेस नेताहरुले बताएका छन् । आइतबार पश्चिम दाङको बबई गाउँपालिकाका विभिन्न ठाँउमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने नेताहरुले विभिन्न आन्दोलनको नेतृत्वकर्ता आचार्यको जित नै निष्ठाको राजनीतिको जित हुने दावी गरे । चुनाबी सभालाइ सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा सालिन ब्यक्तित्व आचार्यको जित नै दंगालीहरुको जित हुने बताए ।
पूर्ब मन्त्री गिरीले पश्चिम् दाङको बिकाश कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै गत निर्बाचनमा कांग्रेस पराजित हुँदा पश्चिम दाङबासीलाई ठूलो क्षेति भएको जिकिर गरे । त्यस्तै कार्यक्रमका अर्का बक्ता तथा पुर्ब मन्त्री सन्जय गौतमले कांग्रेस उम्मेदवार आचार्य लोकतान्त्रिक आन्दोलनका एक धरोहर भएको बताए । बबई गाउँपालिकाका सभापति बलबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देबकोटा, संविधानसभा सदस्यहरु बुद्धिराम भण्डारी,पूर्व सांसद गेहेन्द्र गिरी,महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, जिल्ला सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल बारका पुर्ब अध्यक्ष शेरबहादुर केसी, तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती लगाएतले सम्बोधन गरेका थिए


















