
दिप्तीशिखा चौधरी
तुलसीपुर, २८ कार्तिक /नेपाल कम्युनिष्ट पार्टी नेकपाले पश्चिम दाङका विभिन्न स्थानमा चुनावी सभा र घरदैलो अभियान सम्पन्न गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार बबई गाउँपालिकाको खयरभट्टि, सिमगैरा, पदमपुर,हस्तनापुर,गैरी गाउँ र सुन्दरखालमा घरदैलो तथा टोल सभा गरिएको हो ।
विभिन्न स्थानमा गरेका कोणसभामा बाेल्ने नेताहरूले दाङको समृद्धि नेकपाबाट मात्रै सम्भव भएको भन्दै भ्रममा पार्ने ब्यक्तिहरुकाे पछि नलाग्न अाग्र्ह गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेदवार बिमला वलीले पश्चिम बासिका बाँकि रहेका याेजना पूरा गर्ने भनेर चुनावि मैदानमा आएको बताइन । ‘ म मेरा छाेराछाेरि साना छन् भनेर साेचिन, उत्तर जि ले पश्चिम दाङमा विकास गर्ने काम धेरै छ भन्नुभएको थियाे त्यसैले उहाकाे चाहाना र सपना पूरा गर्न म राजनितिमा आए मलाई मलाई साथ दिनुस उत्तर जि ले गरेकाे बाचा मैले पूरा गर्नेछु । ´ वलीले भनि । सभालाई नेकपाका केन्द्रीय सदस्यहरू दामा शर्मा,नारायणी शर्मा,प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी नेकपाका नेता शाेभाकर बस्नेत लगाएतकाले सम्बोधन गरेका िथए ।