बुटवल राजधानी भएमा बाँके र बर्दियाले आन्दोलन गर्छ : धवलसम्शेर

तुलसीपुर,२० कार्तिक
नेपालगंज उपमहागरपालिकाका मेयर धवलसम्शेर रानाले बुटवलाई राजधानी घोषणा गरेमा आन्दोलन गर्ने चेतवानी दिएका छन् । राप्रपा दाङले तुलसीपुरमा आयोजना गरेको चूनावी घोषणा सभालाई सम्बोधन गर्दे मेयर रानाले प्रदेश पाँचको राजधानी नेपालगञ्जमा हुनुपर्ने आफुहरुको माग भएपनि यदि त्यहाँ नभएर दाङमा भएपनि स्वीकार्य हुने बताए । सकभर नेपालगंज राजधानी तोकौ यदि त्यसो नभए सबैलाई पायक पर्ने र उपयुक्त स्थान दाङलाई राजधनी घोषणा गर्नुपर्ने उनले बताए । ‘राजधानी बुटवल भएमा बाँके र बर्दियाले आन्दोलन गर्छ,’ मेयर रानाले भने– ‘ दाङका पनि आन्दोलनका लागि तयार हुनुहोला ।’

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार
प्रतिक्रिया