उम्मेदवार चयन गर्न कांग्रेसमा पदाधिकारीलाई जिम्मा

काठमाडौँ ,१५ कार्तिक

कांग्रेसले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा दिने निर्णय गरेकाे छ । उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभएकाले केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजित गरेको हो ।

समितिमा कांग्रेसमा सभापति शेरबहादुर देउवासहित ८ सदस्य पदाधिकारी छन् । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समावेश गर्ने निर्णय गरेको छ । विधान विपरित उम्मेदवार चयन गर्न लागिएको भन्दै नेताहरु प्रकाशमान सिंह, महेश आचार्य, गोपालमान श्रेष्ठ, बलबहादुर केसीलगायतले असन्तुष्टी जनाएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया