जनसरकार प्रमुख पक्राउपछि ठूलाे घटना :राेकियाे प्रहरी

भद्रपुर ,३१ भदाै

विप्लव समूहका तीन जना नेतालाई मंगलबार जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ। उनिहरूलाइ  प्रहरीले सोमबार बिहान पक्राउ गरेकाे  थियाे ।

पत्रकार सम्मेलन गरेर  विर्तामोडस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय पछाडिपट्टि रहेको गोप्य कार्यालयबाट पक्राउ परेका  झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रवीण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई सार्जनिक गरेकाे हाे ।

उनीहरुले दशैं अगाडि निकै ठूलो दुर्घटना गराउने योजनामा रहेको प्रहरीको दाबी छ। विर्तामोडको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको नव निर्मित भवन र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा विस्फोट गराएपछि विप्लव समूहका कार्यकर्ताको खोजी प्रहरीले तीब्र बनाएको थियो।

एक नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय अनारमनीको विशेष टोली उनीहरुको खोजीमा लागेको थियो। पत्रकार सम्मेलन विप्लव समूहको कार्यालयबाट बरामद गरिएका पेस्तोल तथा त्यस्मा लाग्ने गोली, पुस्तक तथा विभिन्न कागजात प्रहरीले सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया