२०८३ बैशाख ११ गते शुक्रवार

कास्की २ बाट रबिन्द्रकी पत्नी विद्या उठ्ने तयारी

 

पोखरा, ३१ भदौ

नेकपाक नेता बामदेव गौतम कास्कीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला अन्तः स्वर्गीय रबिन्द्र अधिकारीकाी पत्नी विद्या भटट्राई कास्की २ को उपनिर्वाचनमा नेकपाको उम्मेदवार हुने लगभग निश्चित भएको छ ।आगामी मंसिर १४ गते कास्कीको क्षेत्र नं। २ मा हुने देशकै एकमात्र प्रतिनिधि सभा उपनिर्वाचनमा सबैभन्दा ठूलो दल नेकपाबाट रविन्द्रपत्नी विद्या नै उम्मेदवार हुने टुंगो लागेको नेकपा श्रोतले जनाएको छ ।

नेकपाको बैठकमा अधिकांश नेताहरुले नेता गौतमको भन्दा पनि विद्यालाई नै उम्मेद्वार बनाउनुपर्ने धारणा राखे पछि त्यहाँबाटपनि चुनाव लड्ने गौतमको सपना अपुरो रहने भएको छ ।  विद्यार्थी राजनीतिमा लामो समय होमिएकी विद्या प्राध्यापन सेवातिर लागेपछि राजनीतिबाट टाढा भई श्रीमान् रविन्द्रलाई सघाएकी थिईन् । गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि कास्की २ रिक्त रहेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया