भगीरथ भण्डारी
इलाम,२९ भदाै / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी दिपेन राईले पार्टी परित्याग गरी नेकपा मा प्रवेश गरेका छन । । उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले इलाम स्थित कारागारमा छन् । उनले कारागारबाटै विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको पार्टी परित्याग गरेको र नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।
जिल्ला अदालतले इलामले उनलाई एक लाख ५५ हजार रुपैयाँ धरौटी माग गरेको र धरौटी बुझाउने प्रक्रियामा रहेको उनका बुबा हेमप्रसाद राईले जानकारी दिए । इलाम कारागारबाटै विज्ञप्ती जारी गरेर विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उत्त पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट अलगत भएको घोषणा गरेको उल्लेख गरेका छन ।
प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार


















