२०८३ बैशाख ११ गते शुक्रवार

‘विप्लव’ समूह बाजुराका सह–सेक्रेटरी पक्राउ

बाजुरा, २७ भदाै

जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किसोर)लाई प्रहरीले पक्राउ गरेको छ ।
खड्कालाई शुक्रबार दिउसो बुढीगंगा नगरपालिकाको वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

प्रहरी निरिक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी खड्काले गाउँमा विप्लव समुहको संगठन विस्तार र संगठनका गतिविधिबारे प्रचार प्रसार गर्दै गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताएको छ । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यलयमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया