‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा

चितवन, २६ भदाै

पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् । हिजो चितवन मेडिकल कलेज परिसरबाट प्रहरीले उनि सहित १८ जनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएकोबताए । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडपभएपछि उनीहरु पक्राउ परेको थिए ।  विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको प्रकाशले अगुवाइ गर्दै आएका थिए ।

 

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया