सल्यानमा दुई हजार छ सय वढि वालवालिका विद्यालय वाहिर

मिना बुढाथोकी, सल्यान ४ वैशाख ।
यहांका २ हजार ६ सय बढी वालवालिकाहरु विद्यालय वाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई व्यापक वनाएको भएपनि विपन्न, अनाथ तथा शारिरिक अपांगता लगायतका कारणले वालवालिकाहरु विद्यालय वाहिर रहेका हुन् । विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भएपनि क र ख वर्गका शारिरिक अपांगता भएका वालवालिकाहरु विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

“क र ख वर्गका शारिरिक अपांगता भएका विद्यार्थीहरु विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारहरुका वालवालिकाहरु पनि विद्यालय भर्ना नहुने भएकोले पनि उनिहरु शिक्षाबाट वञ्चित हुन पुगेका छन् ।” जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले भन्नुभयो । जिल्ला भित्रका सवै वालवालिकाहरु शिक्षाबाट वञ्चित हुन नपरोस भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई विशेष जोड दिएको सुवेदीले जानकारी दिनुभयो । “पाठ्य पुस्तक समयमा नपाउदा पनि विद्यार्थीहरु विद्यालय नआउने गरेको जानकारीमा आएको छ । विद्यालय भर्ना नभएका घरधुरी सम्म पुग्नका लागि स्रोत केन्द्र र प्रअलाई निर्देशन दिएको छु ।” सुवेदीले भन्नुभयो ।

सवै वालवालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउनका लागि उनिहरुको अवस्थाका आधारमा कार्यक्रम तय गरिने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिनुभयो । विद्यालयले समयमै पाठ्य पुस्तक उपलव्ध नगराएर विद्यार्थी भर्ना हुन नआए त्यस्ता विद्यालयका प्रअलाई कानुन अनुसार कारवाही गरिने उहाँले वताउनुभयो । “विद्यार्थी भर्ना भएकै दिन पाठ्य पुस्तक उपलव्ध गराउन विद्यालयलाई निर्देशन दिएको छु ।

कुनै हालतमा पनि वैशाख १५ गते सम्म पाठ्य पुस्तक खरिद गरी विद्यार्थीलाई उपलव्ध गराउन नसक्ने प्रअले ५ गते सम्म खवर गर्ने भनेर परिपत्र गरेका छौं सोही अनुसार अगाडी वढ्छौं । ” सुवेदीले भन्नुभयो । सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४ सय ५६, कक्षा ९ र १० मा ११ हजार २ सय ९१ गरी जम्मा ६६ हजार ८ सय ४४ विद्यार्थी विद्यालयको पहुँच भित्र रहेका छन् ।

प्रकाशित मिति : २०७४ बैशाख ४ गते सोमवार
प्रतिक्रिया