सल्यानमा नेकपाको भागवण्डाः दुबैलाई पाँच पाँच स्थानिय तह

शंकर के सी
सल्यान, ११ भदौ ।  नेपाल कम्युनिष्ट पार्टि सल्यानले जिल्लाका दश वटै पालिका र वडामा नेतृत्वको जिम्मेवारि बाँडफाँड गरेको छ । सदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको दोश्रो पूर्ण बैठकले स्थानीय कमिटीहरुको टुंगो लगाएको हो । साविक एमाले र माओवादीले पाँच पाँच स्थानीय तहको नेतृत्व पाएका छन् । यस्तै साविक एमालेले ४२ र साविक माओवादीले ४१ वडाको नेतृत्व पाएको नेकपा सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले जानकारि दिए ।

पुर्व एमालेबाट अध्यक्ष हुने स्थानिय तहमा पुर्व माओवादीबाट सचिव र पुर्व माओवादीको अध्यक्ष हुने स्थानिय तहमा एमालेबाट सचिव बनेका छन् । पुर्व एमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी तथा पुर्व माओवादीबाट शारदा, बन्गाड कुपिण्डे, दार्मा, कु्माख, र कालिमाटीमा नेतृत्व लिएका छन् । कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तिर्थ राज बस्नेत सचिव, बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र लोकमान बुढाथोकी सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाख गाउँपालिकामा जित बहादुर चलाउने अध्यक्ष र राम बहादुर बस्नेत सचिव र छत्रेश्वरी गाउँपालिकामा ओझ बहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्का सचिवको जिम्मेवारि प्रदान गरिएको अध्यक्ष पुनले बताए ।

यस्तै शारदा नगरपालिकामा नविन सिंह भडेल अध्यक्ष र यौवन प्रकाश श्रेष्ठ सचिव, बन्गाड कुपिण्डे नगरमा कृती बहादुर राना अध्यक्ष र गुन्जमान बुढा सचिव, दार्मामा असविर बुढाथोकी अध्यक्ष र दल बहादुर केसी सचिव, कुमाखमा चन्द्र बहादुर राना अध्यक्ष र भैरव शाहा सचिव एवम् कालिमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसी सचिव बनेका छन् ।

साविक एमालेलाई ४२ र साविक माओवादीलाई ४१ वडाको नेतृत्व

त्यस्तै वडा स्तरमा पनि नेतृत्व कसले लिने भन्नेमा भागवण्डा भएको छ । पुर्व एमालेको तर्फबाट शारदाका १, २, ५, ६, ८, ११, १२ र १४ नम्बर वडा र पुर्व माओवादीको तर्फबाट ३, ४, ७, ९, १०, १३ र १५ वडाको नृतृत्व पाउने छन् । बन्गाड कुपिन्डेका १, ३, ४, ७, ९, १० र १२ पुर्व एमाले अनि २, ५, ६, ८ र ११ पुर्व माओवादीले जिम्मेवारी लिने भएको छ । यता बागचौर नगरपालिकाका २, ५, ९, १० र १२ पुर्व एमाले अनि १, ३, ४, ६, ७, ८ र ११ पुर्व माओवादीको जिम्मामा परेका छन । त्यस्तै कुमाख गाउँपालिकाका १, ३ र ६ पुर्व एमाले अनि २, ४, ५, ७ पुर्व माओवादीको जिम्मामा छन ।

दार्मा गाउँपालिकाका १, ३, ६ मा पुर्व एमाले र २, ४, ५ मा पुर्व माओवादीको तर्फबाट नेतृत्व हुनेछ भने सिद्ध कुमाख गाउँपालिकाका ३, ४, ५ पुर्व एमाले अनि १र २ पुर्व माओवादीले चलाउने छन । छत्रेश्वरीका ३, ४, ५ पुर्व एमाले र १, २, ६, ७ पुर्व माओवादी अनि त्रिवेणीका १, ४, ५ पुर्व एमाले र २, ३, र ६ पुर्व माओवादीका अध्यक्ष हुनेछन । कपुरकोटका ३, ४, ५ पुर्व एमाले र १, २, ६ पुर्व माओवादी अनि कालिमाटीका १, २, ३, ४ पुर्व एमाले र ५, ६, ७ पुर्व माओवादीका अध्यक्ष हुनेछन ।

नेकपा कर्णाली प्रदेश कमीटीका सह इन्चार्ज यमलाल कडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्द्रिय सदस्य तथा कर्णालीका अर्का सह इन्चार्ज प्रकाश ज्वाला, जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत र सह इन्चार्ज गुलावजंग शाह लगायतले मन्तव्य राखेका थिए । बैठकको संचालन सचिव कर्ण बहादु्र बुढाथोकीले गरेका थिए ।

बैठक पछि कुरा गर्दै नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले कमीटीका अन्य सदस्यको टुंगो अहिले चयन भएका अध्यक्ष र सचिवले लगाउने बताए । तर कहि कतै विवाद भएमा जिल्ला कमीटी पनि पुगेर कमिटी निर्माण गर्ने उनले जनाए । यस अघि ९ गते सल्यानबाट प्रदेश तथा केन्द्रीय कमीटीमा प्रतीनिधीत्व गर्ने सदस्यहरुको पनि अनौपचारिक बैठक बसेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार
प्रतिक्रिया