तुलसीपुर, ३ बैशाख/ ३ करोडको लगानीमा तुलसीपुरमा स्थापना गरिएको संस्कार पाठशालाको आज उद्घाटन गरिदै छ । विद्यार्थीहरुलाई सुविधायुक्त वातावरणमा अध्यापन गराउनका लागि उच्च प्रविधिको पाठशाला स्थापना गरिएको ज्ञानज्योति एजुकेशन फाउन्डेसनका शैक्षिक निर्देशक सुरेन्द्र जिसीले वताए । ‘मन्टेश्वरी शिक्षण विधिका साथै खेल्दै रमाइलो वातावरणमा विद्यार्थीको मनोविज्ञान वुृझेर अध्यापन गराइने छ ’ जिसीले भने । विद्यालय यसै शैक्षिक सत्रबाट कक्षा ३ सम्म सञ्चालन हुनेछ । संस्कार पाठशाला यसअघि गोल्डेन फ्युचर वोर्डिङ्ग स्कुलका नाममा भिन्नै समुहले सञ्चालन गरेको थियो । उद्घाटन कार्यक्रममा सवैलाई उपस्थितिका लागि कलेजले सवैलाई आग्रह गरेको छ । फाउन्डेसनले यसै वर्ष वाघमारेमा राप्ती पब्लिक स्कुल पनि सञ्चालनमा ल्याएको फाउन्डेसनका सञ्चार संयोजक वसन्त विवश आचार्यले जानकारी दिए । दाङमै पहिलो र अत्याधुनिक सुविधायुक्त पाठशाला भएको संचार संयोजक आचार्याले बताए ।
तीन करोडको लगानीमा तुलसीपुरमा संस्कार पाठशालाको स्थापना
प्रकाशित मिति : २०७४ बैशाख ३ गते आइतवार
प्रतिक्रिया