नयाँ शैक्षिक सत्रका लागि दाङका सवै सामुदायिक विद्यालयमा भर्ना सुरु

तुलसीपुर , ३ बैशाख ।
नयाँ शैक्षिक सत्र २०७४ का लागि आज देखि विद्यार्थिहरु भर्ना हुदै छन । आज सवै विद्यालयमा भर्ना हुन आउने विद्यार्थि लाई स्वागत गरीदै छ । अभियान सुरु भएको भनिएतापनि हिजो र अस्ती सार्वजनिक विदा परेका कारण अभियानले तिव्रता पाएको थिएन । आज देखि अभियानमा सबै शिक्षा कार्यालय, विद्यालय तहका शिक्षक र विद्यालय व्यवस्थापन समिति जुटेका छन् । ‘हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ दाङमा पनि यो अभियानको सुरु भएको उप जिल्ला शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

अभियान लाई सफल पार्न कार्यालयले जिल्लाका सवै सामुदायिक विद्यालयमा प्रचा, पम्पलेट र ब्यानरहरु वितरण गरीसकेको उहाले बताउनुभयो । आज देखि बैशाख १४ गते सम्म अभिभावक आफै विद्यालय सम्म आएर भर्ना गराउने छन । त्यसपछि पनि गाउ अथवा टोल टोलमा पुगि त्यस्ता विद्यार्थिलाई विद्यालय सम्म ल्याउन पहल हुने छ । यसैविच भर्ना अभियानका बारेमा जिल्ला शिक्षा कार्यालय दाङले आज विभिन्न संघ सस्था कार्यालय छलफल गर्न लागेको छ ।

अभियान लाई कसरी सफल पार्न सकिन्छ भनेर घोराहीमा छलफल गर्न लागिएको हो । उमेरका हिसाबले ५ वर्षभन्दा माथिका बालबालिकालाई विद्यालयमा भर्ना गरिनेछ । संविधान, ऐनकानुनले ‘आधारभूत तह (कक्षा ८ सम्म) अनिवार्य शिक्षा’ हुने किटान गरेकाले पहिलेभन्दा प्रभावकारी ढंगले अभियान सुरु हुने बताईएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख ३ गते आइतवार
प्रतिक्रिया