२०८३ बैशाख ११ गते शुक्रवार

कम्युनिष्टकाे सत्ता  उल्टन सक्छ : प्रचण्ड

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता उल्टन सक्ने खतरा रहेको बताएका छन् । ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा रहेको टिप्पणी गरे ।

कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचार भन्दा भिन्न हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने उनको भनाई थियो । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उनले कम्युनिस्ट नेताले सत्तामा पुगेपछि कम्युनिस्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए ।

प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया