चलचित्र मेरी कुसुम दुबईबाट रिलिज हुने

वैशाख २ ।

नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक मोहन बोगटीको चलचित्र मेरी कुसुम दुबईमै रिलिज हुने भएको छ । यसअघि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका बोगटीले पहिलो पटक ठूलो पर्दामा अभिनय गरेको चलचित्र उनी कार्यरत रहेको देश युएईका १३ भन्दा धेरै हलमा एकैसाथ प्रदशन हुने भएको हो । शुक्रबार दुबईमा पत्रकार सम्मेलन गरेर पहिलो पटक युएईबाट नेपाली चलचित्र रिलिज गर्न लागेको जानकारी गराउनुभयो । मेरी कुसुम वैशाख २२ शुक्रबार पहिलो पटक दुबईमा रिलिज हुनेछ । मेरी कुसुम जेष्ठको २६ मात्रै नेपालमा लाग्ने छ ।

म्याग्दी , पोखरा र काठमाडौंमा छायाँकन गरिएको चलचित्रमा प्रेम कथामा आधारित एक्सन तथा सामाजिक विषयबस्तु सहितको प्रस्तुती रहेको छ । चलचित्रमा नायक मोहन बोगटी, खलनायक राजकुमार थापा तथा नायिका हर्षिका श्रेष्ठ र नवनायिका सुदिप्ता अधिकारीको मुख्य भूमिका छ । सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्र मेरी कुसुमलाई एनआर घिमिरेले निर्देशन गरेका हुन. ।

प्रकाशित मिति : २०७४ बैशाख २ गते शनिवार
प्रतिक्रिया