सभामुख महराद्धारा इदको अवसरमा शुभकामना व्यक्त

तुलसीपुर, २७ साउन
सभामुख कृष्णबहादुर महराले ईदको अवसरमा नेपालसहित विश्वभरका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने विश्वास लिएको छु सभामुख द्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वको अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय भएको चर्चा गर्दै शुभकामना सन्देशमा यस्ताखाले सेवाभावका कार्यहरु हामी सबैले आत्मसाथ गर्न सके सहिष्णुता, आपसी सद्भाव र भावनात्मक एकता अझ बढेर जानेछ ।

 

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया