२०८३ भाद्र २२ गते सोमवार

प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम फेरी स-याे

काठमाडौं । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने कार्यक्रम फेरि सरेको छ । उनी अब भोलि सोमबार मात्रै स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो । तर उपचार नसकिएका कारण आइतबार स्वदेश फर्कने सूचना दिइएको थियो । तर फेरि मिति सर्नुमा स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकालाई कारण मानिएको छ। आज आइतबार साँझसम्ममा रिपोर्ट आउने र भोलि फर्कने बताइए पनि फेरि सर्नसक्ने सम्भावना पनि रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही १८ साउनमा त्यसतर्फ गएका थिए ।
प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।