दाङ, सल्यान र प्युठानमा केहि पाठ्यपुस्तक भित्रियो रोल्पा र रुकुममा शुन्य

तुलसीपुर,३१ चैत्र ।

शैक्षिक सत्रको सुरुवातमै विद्यार्थिहरुले पुरै पुस्तक यस बर्ष पनि नपाउने भएका छन । जनक शिक्षा समग्रिले विभिन्न कारण देखउदै समयमा पाठ्यपुस्तक नछाप्दा बर्षेनि यो समस्या रहदै आएको छ । यो बर्ष पनि मत पत्र छपाईका कारण ढिलाई भएको उस्ले बताएको छ । यसैविच जिल्लामा केहि थारै मात्रामा पाठ्यपुस्तक भित्रिएको छ । दाङमा अहिले कक्षा १० को कुनै पनि पुस्तक नआएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायि महासघंका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल संयोजक निर्मल आचार्यले बताउनुभयो । तुलसीपुर खबर सग कुराकानि गर्दै कक्षा ६ मा ५ वटा , ७ मा ५ वटा , ८ मा ८ वटा र ९ मा १ वटा विषय आईसकेको उहाले बताउनुभयो । यस्तै सल्यानमा पनि लगभग पुस्तक पुगीसकेको छ । रोल्पा र रुकुममा अहिलेसम्म कुनै पूस्तक पुगेको छैन । प्युठानमा भने दाङकै हाराहारीमा पूस्तक पुगेको उहाले बताउनुभयो । “अरु पाठ्यपुस्तक ल्याउन पहल भैरहेको छ , अव बैशाख १० गते भित्र आउछ कि ” उहाले भन्नुभयो ।

प्रकाशित मिति : २०७३ चैत्र ३१ गते बिहिवार
प्रतिक्रिया