२०८३ बैशाख ११ गते शुक्रवार

नेपाली काँग्रेसका जिल्ला सदस्यले भने ‘पत्रकारले भजाएर खान्छन् ’

तुलसीपुर, १४ असार । नेपाल काँग्रेसका दाङ जिल्ला सदस्य जित वहादुर केसीले पत्रकारले भजाएर खान पल्केको आरोप लगाएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनले सबै पत्रकारलाई दोषारोपण गरेका हुन् । ‘विचरा पत्रकारहरु भजाएर खान पल्केका छन् ’ तुलसीपुर खवर डटकमले प्रकाशन गरेको यी प्रधानाध्यापकले प्रधानमन्त्रीलाई चोर भनेपछि… भन्ने शीर्षकको समाचारमा टिप्पणी गर्दै केसीले यस्तो आरोप लगाएका हुन् । केसीले पत्रकारमाथि विना आधार आरोप लगाएपछि केही पत्रकारहरु कानुनी उपचार खोज्ने पक्षमा छन् । ‘पत्रकारिता पेशालाई बदनाम गर्ने अधिकार कसैलाई पनि छैन यसको कानुनी उपचार खोजिनेछ ’ एक पत्रकारले भने ।

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया