कानुन विषय पढाउने तयारीमा ज्ञानज्योति

तुलसीपुर, १३ असार
तुलसीपुरमा रहेको ज्ञानज्योति माविले आगामी शैक्षिक सत्रबाट कानुन पढाउने भएको छ । विद्यार्थी र अभिभावकबाट माग भएपछि कलेजले सो विषय पढाउन थालेको हो । यसै शैक्षिक सत्रबाट भर्ना कार्यक्रम अगाडि वढाउने गरी विद्यालयले कानुन विषय अध्यापन गराउन थालेको प्राचार्य सुरेन्द्र जिसीले वताए । उनले समय सापेक्ष विद्य्रार्थीको मागलाई सम्वोधन गर्ने गरी विद्यालयले आगामी शैक्षिक सत्रबाट अन्य विषयको पनि थप गर्ने वताएका छन् । २०६५ सालमा स्थापना भएको विद्यालयले पत्रकारिता, होटेल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म जस्ता नयाँ विषय अध्यापन गराउँदै आएको छ । विद्यालयमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायको अध्यापन हुँदै आएको छ ।

प्रकाशित मिति : २०७६ असार १३ गते शुक्रवार
प्रतिक्रिया