२०८३ भाद्र २२ गते सोमवार

शिक्षक संगठन दाङले ३८औ शिक्षक दिवश मनायो

घोराही,३० चैत्र । नेपाल राष्ट्रिय शिक्षक संगठनले दाङले ३८ औ शिक्षक दिवश मनाएको छ । मर्यादा अभिबृद्धि,पेशागत दक्षता ट्रेड यूनियन अधिकारको सवैधानिक सुनिश्चितता, भन्ने नारा सहित घोराहीमा दिवश मनाइएको हो । संगठनका अध्यक्ष भागवत पौडेलको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य प्रेम बहादुर ओलिको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले शिक्षण पेशा अनुसासित र सृजनात्मक वनाउनुपर्नेमा जोड दिएका थिए । बरु शिक्षाबाट नै राजनिति लाई बदल्न सकिनेमा उनिहरुले जोड दिएका थिए । कार्यक्रममा उप जिल्ला शिक्षा अधिकनरी दण्पानि घिमिरे,शिक्षक महासंघका अध्यक्ष अमर खड्का,शिक्षक संघका सचिब प्रकाश डागी,निजामति कर्मचारी संगठन प्रदेश नम्बर ५ का सचिब शेर बहादुर केसी, एमाले दागंका अध्यक्ष टिकाराम खड्का, लगायतले बोलेका थिए । कार्यक्रममा शिक्षकहरु भानु गौतम ,बलदेव आचार्य,लिग बहादुर चौधरी लगायत एक दर्जन शिक्षकहरु लाई सम्मान गरीएको थियो । त्यसैगरी स्व.देव बहादुर डागी र विनोद कुमार शर्मा लाई मरणोपरान्त सम्मान तथा पुरस्कृत गरीएको थियो । संगठनकि महिला उपाध्यक्ष अम्वीका रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब दामोदर बस्नेतले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७३ चैत्र ३० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।