समाज परिवर्तन नेकपा बाटै सम्भव – विश्वासी

तुलसीपुर ७ असार ।
नेपाल कम्युनिष्ट पार्टिका पोलिट ब्यरो सदस्य भागवत विश्वासीले समाज परिवर्तन गर्न नेकपा बाट मात्रै सम्भव रहेको बताएका छन । तुलसीपुर वडा नम्बर ११ कमिटिको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेकपाले नै देशलाई समृद्धि र परिवर्तनको दिशामा अघि बढाउने हुदा ढुक्क हुन आग्रह समेत गरेका छन ।

विकास एकै पटक नहुने, तर यसको प्रभाव देखिदै जाने हुदा विभिन्न भ्रम सृजना गरेर पार्टिलाई कमजोर पार्न खोज्नेका विरुद्ध सतर्क रहनुपर्ने उनको भनाई थियो । वडा कमिटिका अध्यक्ष लोकजङ्ग शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र नेता शोभाराम बस्नेतले सच्चा कम्युनिष्टमा हुनुपर्ने गुणहरु अवलम्वन गरि अघि बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा वडा कमिटि अध्यक्ष लोकजङ्ग शाह, सचिव यज्ञ बहादुर बस्नेत सहित ३५ सदस्यीय वडा कमिटिलाई कार्यक्रमका प्रमुख अतिथि नेता विश्वासीले सपथ ग्रहण गराएका थिए ।

नगर कमिटि सदस्य छोटिलाल चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा तुलसीपुर उप महानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डे,उप प्रमुख माया आचार्य, पुर्व सांसद शारदा स्वर्णकार, नेकपा प्रदेश कमिटि सदस्य राम बहादुर दहित, तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरी,सचिब माधव वली,नेकपा दाङका सदस्यहरु हुकुम बहादुर बस्नेत,मान बहादुर रावत,मनोहर बुढाथोकि,श्याम डाँगी,लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण वडा कमिटि सचिब यज्ञ बहादुर बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार
प्रतिक्रिया