विप्लव नेकपाका जिल्ला इन्चार्ज मारिए

काठमाडौं । सर्लाहीमा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भिडन्त भएको छ । सो भिडन्तमा विप्लव नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन् । सर्लाहीको लालबन्दीमा भएको भिडन्तमा उनी मारिएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव नेकपाका कार्यकर्ताले आक्रमण गरेको दाबी गरेको छ ।

प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ । सो समूहमा रहेका तीन जना भने भागेर ज्यान जोगाउन सफल भएका छनु ।

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार
प्रतिक्रिया