तुलसीपुर, १२ जेठ
आफना नेता र कार्यकर्ता पक्राउ र दमन गरेको विरोधमा विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै पार्टीले नेपाल बन्द सहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा पुगेका तीर्थराजलाई प्रहरीले गिरफ्तार गरेर हत्या गरेको भन्दै विप्लवले आपत्ति समेत जनाएको छ । १० र ११ गते भण्डाफोर, कोणसभाको कार्यक्रम गरेको पार्टीले आज मसाल जुलुस र भोली नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । बन्द विहान पाँच बजे देखि बेलुकी छ बजे गरिने दाङ इन्चार्ज सविनले जानकारी दिएका छन् ।
यसैविच राप्ती अंचल सार्वजनिक वस व्यवसायी समितिले भोली कुनै पनि यातायातका सवारी साधन नचलाउने भएको छ । विप्लव माओवादीले बन्द भन्दै पत्र पठाएकाले जोखिमपूर्ण स्थितीमा सवारी साधन नचलाउने डायल इन्चार्ज प्रकाश भट्टले जानकारी दिए ।


















