विप्लव समूहका नेता शितल सुर्खेतमा पक्राउ

दाङ

नेत्रविक्रम चन्द विप्वल समूहका केन्द्रीय सदस्य तथा भेरी ब्यूरो इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी र सुर्खेत प्रहरीको संयुक्त टोलीले विप्लवका भेरी ईन्चार्ज बलबहादुर ओली (शितल) र सुर्खेत जिल्ला ईन्चार्ज खड्कबहादुर खड्कालाई पक्राउ गरेको हो ।

उनीहरुलाई सुर्खेतको भेरीगङ्गा नगरपालिका बडा न ५ भर्लेनी भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट पार्टीका महत्त्वपूर्ण कागजात समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया