तुलसीपुर,२७ चैत्र ।
ज्ञानज्योति एजुकेशन फाउन्डेसनले पश्चिम दाङ्गमा यसै शैक्षिक सत्रबाट नयाँ विद्यालय सञ्चालन गरेको छ । शान्तिनगर गाउँपालिका २ वाघमारेमा राप्ती पब्लिक इङ्गलिस वोर्डिङ्ग स्कुललाई अव फाउन्डेसनले सञ्चालन गर्ने भएको छ । आइतवार फाउन्डेसनले विद्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरेर विद्यालय सञ्चालनको जानकारी गराएको हो । फाउन्डेसनका शैक्षिक संयोजक सुरेन्द्र जिसीले फाउन्डेसनले ग्रामिण शिक्षाको अवधारणालाई मध्यनजर गरेर गाउँमा विद्यालय सञ्चालन गरेको जानकारी दिए। उनले विद्यालयहरु शहरमुखि भइरहेको अवस्थामा फाउन्डेसनले गाउँबाट विद्यालय सञ्चालन गरेर ठुलो चुनौतिको सामना गरेको पनि वताए।
फाउन्डेसनका संस्थापक अध्यक्ष टिकावहादुर जिसीको प्रमुख आतिथ्यता एवम् विद्यालयका प्रिन्सीपल कमल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा देवीराज वली, नरवहादुर वली, खम्वु दाहाल, श्याम रायमाझी, अभिभावक लिलाधर वली, शिवप्रसाद वली, जयकुमारी विक, शान्ता वली लगायतले गाउँमा विद्यालय स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा मिलन थापा, एरिका आचार्य, समिर वलि, सपना विक, साधना जिसी, दुर्गा वली लगायतले नृत्य प्रस्तुत गरेका थिए भने स्थानिय स्ल्यास व्यान्डले गीतहरु प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन पत्रकारिता विभाग प्रमुख वसन्त विवश आचार्यले गरेका थिए । फाउन्डेसनले सातौ विद्यालयका रुपमा यसै शैक्षिक सत्रबाट तुलसीपुरमा संस्कार पाठशाला सञ्चालन गर्दैछ ।