बसन्त परियार,तुलसीपुर २० बैशाख ।
तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्यमा पाण्डेले सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि शिक्षकहरु नै बढि जिम्मेवार हुनुपर्ने बताएका छन । तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको आधारभुत विद्यालय कँटाहाको अभिभावक भेला तथा पोशाक बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
सामुदायिक विद्यालयको शिक्षा सुधारमा निरन्तर लागिरहेको बताउदै यसमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिएका थिए । सरकारी विद्यालयमा पढाउने शिक्षकले यात पढाउनुपछ्र्र, यात घर बस्नुपर्छ अन्यथा विद्यार्थिको भविष्य माथि खेलवाड गर्न पाईनेछैन, नगर प्रमुख पाण्डेले भने । निजि विद्यालयको शैक्षिक गुणस्तर बढ्दा सामुदायिक विद्यालयको गुणस्तर किन घट्यो यस तर्फ सोच्नुपर्ने बताएका थिए । शैक्षिक गुणस्तर बढाउनका लागि अभिभावक र विद्यार्थिको उत्तिकै चासो हुनुपर्नेमा उनको जोड थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विर बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि समाजसेवि शंकर गिरीले सबैको ध्यान अहिले सामुदायिक विद्यालयमा गएको हुदा नमुना बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमा १ सय २२ जना विद्यार्थिहरुलाई निशुल्क विद्यालय पोषाक वितरण गरिएको थियो । विद्यालय पोषक तुलसीपुरका ब्यावसायी नरेश कुमार राजभण्डारीले उपलव्ध गराएका थिए । विद्यालयले उनलाई सहयोग गरेकोमा सम्मान समेत गरेको थियो ।
कार्यक्रममा नगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा,वडाध्यक्ष चित्र बहादुर वली,अर्जुन केसी,मान बहादुर रावत,घनश्याम बस्नेत,टेक बहादुर केसी,नेत्रमणि शर्मा,भागिराम चौधरी, छोटिलाल चौधरी लगायले बोलेका थिए । शिक्षक ओम प्रकाशस गिरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका प्रधाध्यापक टँक बहादुर भण्डारीले गरेका थिए ।।






