आज देखि कक्षा १२ को परीक्षा सुरु,दाङमा झण्डै ९ हजार सहभागि हुदै

बसन्त परियार,तुलसीपुर,१५ बैशाख ।

आज देखि कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । देशभर एकैसाथ बिहान ७ बजेबाट परीक्षा सुरु भएको हो । यता, राष्ट्रिय परीक्षा बोर्ड दाङ शाखा अन्र्तगत पर्र्ने ६ जिल्लाबाट कुल जम्मा ४६ हजार १८ परीक्षार्थि सहभागि हुन लागेको कार्यालयका कम्प्युटर सहायक रुपेश पछाईले जानकारी दिएका छन । जसमध्ये कक्षा ११ मा २६ हजार ३ सय ३३ र कक्षा १२ मा १९ हजार ६ सय ८५ जना रहेका छन ।

त्यसैगरी सबैभन्दा बढि दाङबाट कक्षा ११ मा ११ हजार ८ सय ८० र कक्षा १२ मा ८ हजार ८ सय ६२ गरी २० हजार ७ सय १२ परीक्षार्थि परीक्षामा सहभागि हुन लागेको पछाईले जानकारी दिएका छन । यस्तै प्युठान बाट कक्षा ११ मा २ हजार ९ सय ३२ र कक्षा १२ मा २ हजार २ सय ७६ गरी ५ हजार २ सय ८, रोल्पाबाट कक्षा ११ मा २ हजार ५ सय ७ र कक्षा १२ मा २ हजार १३ जना गरि ४ हजार ५ सय २० जना , सल्यानबाट कक्षा ११ मा ३ हजार ९ सय ३ र कक्षा १२ मा २ हजार ९ सय ३४ गरी ६ हजार ८ सय ३७ जना सहभागि हुने छन ।

यसैगरी रुकुम पुर्वबाट कक्षा ११ मा १ हजार १४ र कक्षा १२ मा ६ सय ९६ गरी १ हजार ७ सय १०, रुकुम पश्चिममा कक्षा ११ मा ४ हजार ९७ र कक्षा १२ मा २ हजार ९ सय ४ गरी ७ हजार १ परीक्षार्थि सहभागि हुन लागेका हुन । परीक्षा सञ्चानका लागि दाङमा २२,प्युठानमा ५,रोल्पामा ५,रुकुम पुर्वमा ५,रुकुम पश्चिममा १४ र सल्यानमा १५ परीक्षा केन्द्रहरु तोकिएको परीक्षा बोर्डले जनाएको छ ।

यसैविच,बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्ट्रेसन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ । बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्न सक्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार
प्रतिक्रिया