कक्षा ११ र १२ को प्रबेश पत्र वितरण गर्न सुरु

तुलसीपुर,२५ चैत ।
राष्ट्रिय परीक्षा बोर्ड दाङ शाखाले कक्षा ११ र १२ को प्रबेश पत्र वितरण गर्न सुरु गरेको छ । परीक्षार्थिहरुको सिम्बोल नम्बर कायम गर्ने कार्य सकिएको भन्दै प्रबेश पत्र वितरण गर्न सुरु गरेको कार्यालयका कम्प्युटर सहायक रुपेश पछाईले जानकारी दिएका छन । यस अघि चार किसिमको सिम्बोल नम्बर कायम हुदै आएपनि यस बर्ष ६ किसीमको सिम्बोल नम्बर कायम गरिएको पछाईको भनाई छ ।

यस बर्ष ११ नियमित,१२ नियमित, अांशिक ग्रेडिङ्ग कक्षा ११ र १२ , अांशिक ग्रेडिङ्ग ११, नन ग्रेडिङ्ग ११,नन ग्रेडिङ्ग १२ गरि ६ किसिमको सिम्बोल नम्बर कायम गरिएको छ । शाखा अन्र्तगत साविक राप्तीका ६ जिल्लामा ६६ वटा परीक्षा केन्द्रहरु रहेका छन । कक्षा १२ को २०७६ बैशाख १५ र कक्षा ११ को २९ गते सुरु हुदै छ ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया