एसईई दिने विद्यार्थिहरुलाई सम्राटको बिदाई

तुलसीपुर, २ चैत्र ।

सम्राट ईगलिश बोर्डिङ स्कुल तुलसीपुर ३ दमारगाउँमा कक्षा १० का बिद्यार्थिहरुलाई बिदाई गरिएको छ । बिद्यालयमा कक्षा १० मा अध्यणरत बिद्यार्थिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । चैत्र १० गते देखि हुने एस ई ई परिक्षामा बिद्यालयबाट पहिलो पटक सहभागि हुन लागेका बिद्यार्थिहरुलाई विदाई गरिएको हो ।

कक्षा ९ का बिद्यार्थिहरुले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले निर्धक्कका साथ परिक्षामा सहभागि हुन आग्रह गरेका थिए । कक्षा ९ का छात्र बिमल सुवेदिको अध्यक्षता तथा बिद्यालयका संचालक समिति अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतित्थ्यता एवम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रक्षा खडका काफ्लेको बिशिष्ट आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि केसीले एसईई परिक्षालाई अन्य परिक्षा जस्ते सामान्य रुपमा लिदै विश्वास र निर्धक्कका साथ परिक्षा दिन आग्रह गर्नुभयो । एस ई ई परिक्षा पछि धेरै ढोकाहरु खुल्ने भन्दै राम्रो नतिजाका साथ उर्तिण हुन सवैलाई शुभ कामना दिनुभयो । बिद्यालयले पहिलो पटक एस ई ई परिक्षामा बिद्यार्थीहरु सहभागि गराउन लागेको भन्दै बिद्यालयको समेत शिर उचो पार्ने गरि परिक्षामा सहभागि हुन बिद्यार्थिहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा बिशिष्ट अतिथि खडकाले घर नजिकै मावि बिद्यालय स्थापना गरेर आफना बालबालिकाहरुलाई एस ई ई परिक्षामा सहभागि गराउन लागेको भन्दै बिद्यालयलाई धन्यबाद दिनुभयो । साथै उहाँले बिद्यार्थिहरुको उज्वल भविश्यको कामना समेत गर्नुभयो । कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सिपल बिमल गौतमले परिक्षालाई सामान्य रुपमा लिएर सहभागि हुन आग्रह गर्नुभयो । बिद्यालयको तर्फबाट बिद्यार्थिहरुलाई राम्रो बनाउन कुनै कसर बाकि नराखेको भन्दै निर्धक्कका साथ हतास नभई परिक्षामा सहभागि भए सवै जना राम्रो अंकका साथ उर्तिण हुने बिश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा कक्षा १० का विद्यार्थिहरुले बिद्यालयलाई मायाको चिनो समेत प्रदान गरेका थिए । कक्षा ९ का छात्रा अनु गुरुङको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन बिद्यालयका भाईस प्रिन्सिपल खिम प्रसाद भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया